बिबिध

अर्घाखाँचीमा पहिरोले १८ घर बगायो

Lumbinikhabar Online

अर्घाखाँचीको शीतगंगा नगरपालिका –१२ मा शुक्रबार दिउँसोदेखि गएको पहिरोमा परी १८ वटा घर बगेका छन्। शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १८ घर बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो एक्कासि पहिरो गएपछि सिंगो बस्ती बगाउँदै गर्दा घरमा बसेका केही मान्छेले भागेर ज्यान बचाउन सफल भएको बताइएको छ । पहिरो गएसँगै ३५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

मानवीय क्षतिको अझै एकिन भइनसकेको बताइएको छ । घर पालुवा जनावर पूरै बगाएर लगेको बताइएको छ । घटनास्थलमा जान समस्या भएको र अहिले पनि पहिरो बगिरहेको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?