बिबिध

विप्लवनिकट अखिल क्रान्तिकारीको पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न माग

Lumbinikhabar Online

असोज १० – अखिलद्वारा (क्रान्तिकारी) को पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितीले पोखरा विश्वविद्यालयका रिक्त उपकुलपति र रजिस्ट्रार तत्काल नियुक्त गर्न माग गरेका छन्। सबै पदहरूमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सरोकारवाला पक्षसँग माग गरिएको हो। क्रान्तिकारीद्वारा गरिएको माग पुरा नभएमा कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । झन्डै १ बर्ष देखि पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार रिक्त छन्। पठनपाठन, परीक्षा, परीक्षाफल प्रकाशनसँगै प्रशासनिक काम–कारबाही प्रभावित हुन पुगेको विप्लवनिकट क्रान्तिकारीको भनाइ छ ।

विस्वोव्यापी महामारीका करण रोकिएको पठनपाठन र परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न र प्रशासनिक काम कारबाहीहरू पनि प्रभावित भएकाले त्यसलाई पनि पूर्ववत् सञ्चालन गर्ने माग गरिएको छ।

 

Tags

छुटाउनु भयो कि ?