बिबिध

धादिङबेसीतर्फ जाँदै गरेको सुत्केरी बोकेको ट्याक्सी दुर्घट्ना,एकको मृत्यु

Lumbinikhabar Online

काठमाडौंबाट सुत्केरी लिएर धादिङबेसीतर्फ जाँदै गरेको ट्याक्सी पहिरोबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

परिवारसहित सवार ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेमा सुत्केरीका आफन्त गंगाजमुना ३ की ५० वर्षीया बिन्दु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर सुत्केरीसहित चार जना घाइते भएका छन् ।

मलेखु धादिङबेसी कालुपाण्डे मार्गको सिद्धलेक ६ तिरतिरेधारा नजिकैको पहिरोबाट बा १ ज १२६२ नम्बरको ट्याक्सी बिहीबार राति अन्दाजी १ सय ५० मिटर तल खसेर थोपलखोला खेतमा पुगेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिए।
सोहि स्थानमा गत साउन ५ को अविरल वर्षाका कारण पहिरो गएको थियो ।

पहिरो गएको दुई महिना बितिसक्दा सम्म निर्माणको कार्य अगाडि बढेको छैन । जोखिमपूर्ण उक्त स्थानमा पहिरो छिचोलेर सवारी साधनहरु चल्ने गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?