बिबिध

महाकाली सिंचाई आयोजनाका प्रमुख बिष्ट ११ लाख रुपैयाँसहित अख्तियारको नियन्त्रणमा

Lumbinikhabar Online

महाकाली सिंचाई आयोजना महेन्द्रनगरका प्रमुख प्रचण्डदेव बिष्ट ११ लाख नगदसहित अख्तियारको फन्दामा परेका छन्। काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित ईसन होटलबाट आयोजनाका कामु निर्देशक (सीडीई) बिष्टलाई साे रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए।

‘सुन्धारास्थित ईसन होटलमा बसेका बिष्टलाई महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बुधवार राति नियन्त्रणमा लिएको थियो। युवतीसँग रक्सी खाइरहेको बेला पक्राउ परेका प्रमुख बिष्टलाई बिहीबार अख्तियारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उनीसँगै पक्राउ परेकी युवतीलाई भने सामान्य सोधपुछपछि बिहीबार छाडिएको छ।

Tags

छुटाउनु भयो कि ?