बिबिध

आज शुक्रबारको मौसम पूर्वानुमान

Lumbinikhabar Online

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्युन चापीय क्षेत्र रहेको यसकासाथै यो न्युन चापीय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको र हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. ५ का केही स्थानमा हल्का वर्षा भईरहेको जनाएको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं. १ र प्रदेश नं. २ का केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक, दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्य बदली रही केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं. १, प्रदेश नं. २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?