बिश्व

गर्भवती श्रीमतीको पेट काटेपछि बच्चाको मृत्यु

Lumbinikhabar Online

भारतमा श्रीमानद्वारा एक गर्भवती महिलाको पेटमा हँसियाले काटिएपछि सो महिलाको गर्भपतन भएको हो। गर्भवती श्रीमतीको पेटमा छोरा या छोरि छ भनेर जान्नका लागि श्रीमानले पेट काटेको महिलाको परिवारले आरोप लगाएका छन्। दम्पतीका ५ ओटी छोरीहरू छन् र श्रीमान्ले आफ्नी श्रीमतीलाई छोराको लागि दबाब दिइरहेका बताएका छन्। पक्राऊ परेका व्यक्तिले जानाजानी आफ्नी स्वास्नीलाई चोट पुर्‍याउने कुरालाई अस्वीकार गर्दै केवल एक दुर्घटना भएको बताएको छ। घटना उत्तर प्रदेशको बदायुन जिल्लामा भएको ह। घाइते महिलाको अवस्था दिल्लीको अस्पतालमा स्थिर छ र उनको पति पक्राउ परेका छन्।

Tags

छुटाउनु भयो कि ?