• २०८२ साउन १९, आइतबार ( )
खेलकुद

लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

Lumbinikhabar Online

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लेस्टर सिटीले राम्रो नतिजा निकाल्ने क्रम जारी राखेको छ। लगातार दोस्रो जित निकालेको लेस्टर शीर्ष स्थानमा छ। आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई ४–२ ले पराजित गरेको हो ।

लेस्टरको जितमा हार्भी बार्नेसले २० औँ, जेम्स जस्टिनले ६१ औँ मिनेटमा र एरिक प्राएटले ७९ औँ मिनेटमा गोल गरे । त्यसअघि ५० औँ मिनेटमा बर्नलीका पिएटर्सले आत्मघाती गोल गरे । बर्नलीका लागि क्रिस वूडले १० औँ मिनेटमा र ७३ औँ मिनेटमा डुनीले गोल गरे। जितपछि लेस्टर सिटी ६ अंकसहित शीर्ष स्थानमा छ ।

Tags

छुटाउनु भयो कि ?