कोभिड-१९

काठमाडौंका ४ सय ४४ जना कोरोना संक्रमित सम्पर्क विहीन

Lumbinikhabar Online

काठमाडौं महानगर क्षेत्रका ४ सय ४४ जना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन्। काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबारसम्म ४ सय ४४ संक्रमित सम्पर्कमा छैनन्। महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार अपराह्न सार्वजनिक गरेको तथ्यांकमा ४ सय ४४ संक्रमित ‘नखुलेको’ उल्लेख छ। पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका उनीहरू सम्पर्कमै नआएपछि उनीहरू कहाँ छन् र कसरी बसेका छन्, कतिलाई भाइरस सारे भन्ने महानगरपालिकालाई तनाव भएको छ।

स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा काठमाडौं महानगरपालिकालाई दिने गरेको छ।

Tags

छुटाउनु भयो कि ?