बिबिध

समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

Lumbinikhabar Online

कोरोना कहर न्यून गर्न गरिएको लकडाउनका ज्याला मजदुरी गरेर विहान बेलुकी दुई छाक टार्न धौधौ हुने परिवारलाई यो समय निकै कष्टकारी सावित भएको छ । वीरेन्द्रनगर १२ बस्ने शिला नेपाली ज्याला मजदुरी गर्दै आफ्नो दैनिकी चलाई रहेकी थिईन तर विगत केहि महिनादेखि पित्त थैलिमा पत्थरको समस्या भएर उनलाई निकै समस्या भैइरहेको छ्ब।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकि शिलाको श्रीमानको मृत्यूपछि घर चलाउने जिम्मा शिलाकै काधमा आएको थियो तर कहिले लकडाउन त कहिले काम नै नपाउने समस्याका कारण उपचार त के छाक टार्नै मुस्किल परेको अवस्था छ । भर्दौ ३ गते देखि सामान्य औषधि र दुखाई कम गर्ने सुईले पनि काम नगरेर दुखाइको पिडा सहन नसकेर अस्पताल जाँदा अप्रेशन गर्नुपर्ने र खर्च ३० हजार लाग्ने डाक्टरले बताएपछि फर्किएर आएको बताउदै तरुण दल सुर्खेतका अध्यक्ष, कलाकार, खेलाडि तथा समाजसेवी हरि विष्टलाई म्यासेजमा जानकारी गराएको शिलाले बताउनु भयो ।

आर्थिक स्थिति कमजोरीका कारण छोराछोरिले पढ्न नपाएको उहाँले दु:खेसो पोख्नुभयो । पहिला आफ्नो भिनाजुलाई पनि सहयोग गरेको थाहा पाए पछी आफुलाई पनि केही सहयोग गर्नुहुन्छ भन्ने विश्वासका साथ समाजसेवी बिष्टलाई जानकारी गराएको शिलाले बताउनुभयो । साथै अस्पतालमा भर्ना भएदेखिको डिष्चार्ज हुदाँसम्मको सबै खर्च व्यहोरेको र आफ्नो ज्यान बचाइदिएर जिवनमा ठूलो गुण लगाएको भन्दै धन्यवाद व्यक्त पमि गर्नुभयो ।

अहिलेको समयमा कोरोना महामारीबाट बच्नु एउटा समस्या छ भने अर्कोतिर दैनिक ज्याला मजुदर गर्ने वर्गमा परेको प्रत्यक्ष असर लगायत चिन्ताले आफुलाई पिरोलेको भन्दै सहयोग गर्नुपर्छ भन्ने भाव आएकाले धेरैलाई आफुले सहयोग गरेको र परेको खण्डमा दिनरात नभनिकन सहयोग गर्न तत्पर रहेको तरुण दल सुर्खेतका अध्यक्ष तथा समाजसेवी हरि विष्टले जानकारी गराउनुभयो ।
यो भन्दा पहिला पनि थुप्रै बिरामीहरुलाई अस्पतालमै पुगेर सहयोग गर्ने गरेको बताउदै दुनियाले जे सुकै भने पनि आफु निस्वार्थ रुपमा सेवाको भाव बोकेर सहयोगको काम गरेको बिष्टले जानकारी गराउनुभयो ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि उच्च जोखिम मोल्दै निस्वार्थ भावले उल्लेखनीय योगदान पुर्‍याएको भन्दै स्माजसेवी विष्टलाई अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाले ‘कोभिड १९ हिरो’ अवार्डबाट सम्मान समेत प्रदान गरिसकेको छ । कोरोना महामारीको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको बन्दाबन्दीका बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न, आर्थिक उपचारलगायत सामाजिक कार्य गरेबापत उहाँलाई सम्मानित गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?