बिबिध

झण्डा जलाउने गायक पुर्पक्षका लागि थुनामा पठाउन आदेश, अन्य तारेखमा छुटे

Lumbinikhabar Online

नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेका मध्ये १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ । अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो । मङ्गोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएपछि व्यापक आलोचना भएको थियो । र, प्रहरीले भिडियोमा देखिएका गायकदेखि मोडल, एडिटरलगायतलाई पक्राउ परेको थियो । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।

Tags

छुटाउनु भयो कि ?