राजनीति

वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय,कूलमानको विषयमा केहि भएन

Lumbinikhabar Online

सरकारले राष्ट्रियसभा सदस्यमा मनोति गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभा रिक्त एक सीटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम वर्दियाबाट पराजित भएका थिए। पटक पटकको प्रयासपछि गौतम राष्ट्रियसभाको सदस्य बन्न सफल भएका हुन्। सरकारले राष्ट्रियसभामा मनोनित गर्ने बाँकी दुई सिटमध्ये रामनारायण बिडारी र विमाल पौडेल रहेका छन्। एक मन्त्रीका अनुसार बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय भने गरेन।

यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाएका छन्।

Tags

छुटाउनु भयो कि ?