टप खबर

समाचार स्वास्थ्यकर्मी र संक्रमितको मनोबल बढाउन असोज १ गते माइतीघरमा दीप प्रज्वलन गरिने स्वास्थ्यकर्मी र संक्रमितको मनोबल बढाउन असोज १ गते माइतीघरमा दीप प्रज्वलन गरिने

Lumbinikhabar Online

नेपालमा गत वर्षको माघ महिनामा पहिलो ‘केस पुष्टि’ भएपछि आज (आईतबार)सम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ५४ हजार १५९ पुगेको छ ।

हालसम्म ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हाल उपचाररत संक्रमित Active case’ को संख्या १५ हजार ११७ रहेको छ । तिमध्ये १६९ जना संक्रमितको आईसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको ६ महिनादेखि कोरोना संक्रमणको जोखिम मोलेर कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी एवम् चिकित्सकको मनोबल बढाउन र उपचाररत संक्रमित (Active case)को स्वास्थ्यलाभको कामना गर्दै सरकारले असोज १ गते दीपावली मनाउन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले दिएको जानकारी अनुसार आउँदो असोज १ गते साँझ ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिनेछ । एक मिनेट मौनधारणा गरिनेछ । साँझ ८ बजे दीपावली गरेर स्वास्थ्यकर्मीको मनोबल बढाउन उनले सबैसँग अनुरोध गरेका छन् ।

तीनै तहका सरकारलाई दीपावली मनाउन डाक्टर पोखरेलले आग्रह गरे।

आउँदो सेप्टेम्बर १७ अर्थात् असोज १ गते बिरामी सुरक्षा दिवस परेकाले त्यसलाई सप्ताहव्यापी रुपमा मनाउन सरकारले आग्रह गरेको हो।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यमर्कीमाथि भइरहेका अभद्र व्यवहारमा कमी ल्याउनको लागि र सकारात्मक सोंच कायम गरी उर्जा प्रदान गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाई छ ।

Tags

छुटाउनु भयो कि ?