भाद्र २७ – विराटनगर महानगरपालिका-५ का वडा अध्यक्ष मीनकुमार आचार्य र उनका परिवारका तीन जनालाई कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। आचार्यका दाहिने खुट्टामा समस्या भएकोले उनि निक्कै मुस्किलले हिँडडुल गर्न सक्छन्।समुदायस्तरमै फैलिएको कोरोना नियन्त्रणमा सक्रिय रहेका आचार्य संक्रमित हुने विराटनगरका दोस्रा जनप्रतिनिधि हुन्। आचार्य र उनका परिवारको रिपोर्ट शुक्रबार आएको हो। आचार्यले सामाजिक सञ्जालमार्फत आफुमा कोरोन संक्रमण भएको बताएका हुन्
संक्रमित तीनै जनाको अवस्था सामान्य रहेकाले , होम आइसोलेसनमै बसिरहेको सत्तारुढ नेकपाको विराटनगर–५ का अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिएका छन् ।