राजनीति

फुटपाथ र ठेलागाडा व्यवसाय प्रतिबन्ध गर्न महानगरकी उपमेयरको आग्रह

Lumbinikhabar Online

निषेधाज्ञा सहज बनाउदै जिल्ला प्रशासन कार्यालयले फुटपाथ र ठेलागाडा व्यवसाय पनि खुल्ला गरको छ। फुटपाथ व्यापार ठेलागाडा, स्टेसनरी, विद्युतीय सामाग्री तथा डिपार्टमेन्ट स्टोरहरु विहान ११ बजेसम्म र साझा ४ देखि बेलुकी ७ बजेसम्म खोल्न पाइने प्रशासन कार्यालयको आदेश छ।
फुटपाथ र ठेलागाडा व्यवसाय खुल्ला गरे संगै शुक्रबार महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं जिल्ला प्रशासनलाई एक ध्यानाकर्षण पत्र पठाएर आदेश फिर्ता लिन अनुरोध गरेकी छिन् ।
फुटपाथ तथा ठेलागाडा व्यवसायले गर्दा कोरोना संक्रमण अझै बढ्ने र कन्ट्याक ट्रेसिङ गर्न नसकिने उपमेयर खड्गीले पत्रमा भनेकी छिन् ।ठेला र फुटपाथ व्यपारीले स्वास्थ्य मापदण्ड अपनाउने सम्भावना कम रहेको बताउदै उपमेयर्ले आदेश फिर्ता लिन काठमाडौं जिल्ला प्रशासनलाई आग्रह गरेकी छिन्।

Tags

छुटाउनु भयो कि ?