राजनीति

भदौ २८ गते कुलमान घिसिङको कार्यकाल सकिँदै

Lumbinikhabar Online

भाद्र २६ – कुलमान घिसिङको ४ वर्षे कार्यकाल भदौ २८ गते सकिदै छ त्यसपछि नेपाल विधुतीय प्राधिकरण कार्यकारी निर्देशक विहीन हुनेछ। कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अहिले सम्म सुरु भएको छैन ,मन्त्रालय सचिव दिनेशकुमार घिमिरेले कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया छिट्टै सुरु हुने बताएका छन्।
नेपाल विधुतीय प्राधिकरण कार्यकारी निर्देशक विहीन राख्न नहुने भन्दै मन्त्रालय सचिव दिनेशकुमार घिमिरेले प्रक्रिया सुरु गर्न लागिएको र मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेका छन्। ‘कसलाई नियुक्त गर्ने भन्ने विषय मन्त्रिपरिषदको हो,सचिव दिनेशकुमार घिमिरेले बताए। मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने, कुलमानलाई निरन्तरता दिने या निमित्तका रुपमा अरुलाई नै कार्यकाल सोपने भन्नेबारे प्रस्ताव नै तयार भएको छैन । ऊर्जा मन्त्रालयले कुलमान घिसिङ्गलाइ पुनर्नियुक्त गर्ने/नगर्नेबारे बोल्न चाहेको छैन भने सचिव घिमिरे पनि प्रक्रिया सुरु नहुदै कार्यकारी निर्देशक को हुन्छन् भन्न नसकिने बताउँछन् ।

सबैले रुचाएका कुलमान घिसिङलाई दोहोर्‍याउँदा सरकारमा आफूले बसेर गरेका कामको जस पनि नपाइने डर ऊर्जामन्त्री पुनलाई मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि । प्राधिकरणमा नियुक्तिबारे कुरा गरेको र प्रधानमन्त्रीले ‘समय छ, कुरा गरौंला’ भनेर जवाफ दिएक छन। सकेसम्म कुलमान घिसिङलाई नदोहोर्‍याउने मनस्थितिमा रहेको प्रस्ट देखिन्छ र जनताबाट घिसिङलाइ पुनर्नियुक्ति दिन दबाब आएपछि जनदबाव थेग्न पनि मुस्किल हुने पनि पुस्टि भएको छ।

Tags

छुटाउनु भयो कि ?