टप खबर

रास्वपाको केन्द्रीय सदस्य पदको निर्वाचनमा स्वर्णिम वाग्ले लाई सर्वाधिक मत

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा विजयी भएका छन् ।

अन्तिम मतपरिणामअनुसार वाग्लेले २ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् भने प्रवासबाट ४९ मत गरी २६५६ मत प्राप्त गरेका छन् । निर्वाचन प्रक्रियामा उनले देशभित्रका प्रतिनिधिसँगै प्रवास समितिका प्रतिनिधिहरूको समेत उल्लेखनीय समर्थन पाएका थिए ।

उनीपछि दोस्रोमा कानुनमन्त्रीसमेत रहेकी सोविता गौतमले धेरै मत ल्याएकी छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार, गौतमले २५९४ मत प्राप्त गरेकी छिन् ।

बिहान सम्पन्न भएको मतदानपछि मतगणना गरिएको थियो भने अहिले अन्तिम नतिजा सार्वजनिक गर्ने क्रम जारी छ।

Tags

छुटाउनु भयो कि ?