विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन आवश्यक कानून बनाउन खोजेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी छलफलका क्रममा मन्त्री पुनले नेपालमा धेरै प्रयोगशाला भएपनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बहुउपयोगी र विश्वसनीय बनाउन आवश्यक कानून बनाउन खोजेको बताएका हुन्।
उनले विधेयकमाथि विज्ञहरूको राय सुझाव निकै महत्त्वपूर्ण रहेको बताए ।
उनले अहिले भइरहेको प्रयोगशालालाई समेत सुदृढ गर्ने सरकारको नीति भएको भन्दै अहिलेको विधेयकले भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षेत्रलाई मात्रै हेर्ने धारणा राखे ।

