टप खबर

झण्डा जलाउने विषय सामान्य होइन​ : केपी शर्मा ओली

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन् ।

झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ । आज झापाको भद्रपुरमा ३ नं. क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको ओलीले बताए । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाएने बताउदै ओलीले रास्वपाबाट अपराधिक काम भएको बताएका हुन् ।

सूर्य अंकित झण्डा एमालेको आन्दोलनको प्रतिक भएको भन्दै आन्दोलनको प्रतिविम्बमाथि अपराध गर्ने छुट कसैलाई नभएको उनले बताए । यस्तो अपमानपूर्ण काम स्वीकार्य नभएको उनको भनाइ छ ।

रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरु गरेको ओलीले आरोप लगाए । रास्वपाले चुनाव नजित्ने भएपछि यो तहको हर्कतमा उत्रिएको ओलीको दाबी छ ।

ओलीले भने, ‘झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता स्पष्ट बनाएको छ । दाङमा झण्डा जलाएको घटनाले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?