टप खबर

चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्: प्रचण्ड

Lumbinikhabar Online

मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले मौसम अनुकूल नभएमा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुन सक्ने बताएपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त्यसो नगर्न सुझाव दिएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो। यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ।’

उनले केही मान्छेहरूले अझै चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का राखिरहेको भन्दै निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताए। उनले निर्वाचन स्वच्छ र धाँधलीरहित भए नेकपाले राम्रो नतिजा ल्याउने बताए।

Tags

छुटाउनु भयो कि ?