टप खबर

प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठले दुर्घटना निम्तियो: ओली

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनाबारे स्पष्टीकरण दिएका छन्।

उनले केही दिनयता तत्कालीन प्रधानमन्त्री हुँदाको समयमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्दै गलत प्रचार भइरहेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा निराधार भनेका हुन् ।

संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको बताउँदै ओलीले आफूले त्यस्तो आदेश न दिएको, न दिने सोच नै गर्न नसक्ने बताएका छन्।

जेन-जी आन्दोलनका क्रममा भएको उक्त घटनापछि तत्कालै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै २३ भदौमा ज्यान गुमाएका १९ जना बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

भदौ २३ गते घुसपैठको सम्भावना देखिएकाले सुरूमा माइतीघर मण्डल प्रदर्शन रोक्ने निर्णय गरिएको पनि बताएका छन्। तर शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले सहजै स्वीकृति दिएको उनले स्मरण गराए ।

भदौ २३ गते बिहान सुरू भएको जेन–जीको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको उनले बताएका छन्। ‘उक्त क्रममा न गोली चलेको थियो, न लाठीचार्ज भएको थियो’, उनले भनेका छन् ।

ओलीले करिब मध्यान्हतिर घुसपैठ गर्ने समूहले प्रदर्शनकारी युवाहरूलाई निषेधित क्षेत्रतर्फ लैजान थालेको दाबी गरेका छन्। आयोजकहरूले पटक–पटक घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसका विद्यार्थीलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजेको उनको दाबी छ ।

Tags

छुटाउनु भयो कि ?