टप खबर

विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्दा कांग्रेस नफुटेको विश्वप्रकाश शर्माको दाबी

Lumbinikhabar Online

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्दा कांग्रेस नफुटेको दाबी गरेका छन्।

बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति शर्माले विशेष महाधिवेशन सफल भएको उल्लेख गर्दै महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरू आयोग पुगेको बताए।

उनले भने, “नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन सफल भएको छ। यसले देशका लागि जुन दृष्टिकोण पारित गरेको छ, सँगै नेतृत्व पनि परिवर्तन गरिसकेको छ। यसबारे निर्वाचन आयोगलाई अद्यावधिक गराउन जानकारी गराएका छौँ। कांग्रेसले नै विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्दा पार्टी फुट्दैन।”

Tags

छुटाउनु भयो कि ?