गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उपयुक्त वातावरण बनिसेको बताएका छन्। दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको उनले बताए।
सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा उनले निर्वाचनबारे कुनै शङ्का नभएको र निर्वाचन देशभर एकै चरणमा हुने बताएका हुन्।
‘देश चुनावमय बन्दै गएको छ। आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सकारको दायित्व हो,’ गृहमन्त्री अर्यालले भने।
निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेट’का साथ सरकार गठन भएको उनले बताए।

