समाचार

केपी ओली प्यानलबाट फुयालको दमदार उम्मेदवारी

Lumbinikhabar Online

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत राजधानी प्रदेशबाट केपी शर्मा ओली प्यानलले अघि सारेका उम्मेदवारहरूमध्ये रामेश्वर फुयालको उम्मेदवारीलाई लिएर स्थानीय स्तरसम्म व्यापक चर्चा सुरु भएको छ। लामो समयदेखि पार्टी संगठन, वैचारिक निष्ठा र अनुशासित नेतृत्वका लागि परिचित फुयाललाई खुला केन्द्रीय सदस्य पदका लागि बलियो र भरोसायोग्य उम्मेदवारका रूपमा हेरिएको छ। केपी ओलीको नेतृत्वमा अघि बढेको प्यानलभित्र फुयालको नाम पर्नु आफैँमा राजनीतिक सन्देश र विश्वासको प्रमाण मानिएको छ।

पार्टी स्रोतका अनुसार फुयालले विभिन्न जिम्मेवारीमा रहँदै संगठन विस्तार, कार्यकर्ता समन्वय र वैचारिक स्पष्टता देखाएका छन्। यही कारण राजधानी प्रदेशका प्रतिनिधिहरू माझ उनको पक्षमा सकारात्मक माहोल बन्दै गएको छ फुयाल समर्थकहरूले महाधिवेशनस्थलमा अभियानलाई तीव्र बनाएका छन्। यसले महाधिवेशनको चुनावी माहोल थप तातिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार केपी ओली प्यानलबाट फुयालजस्ता अनुशासित र संगठनमा जरा गाडेका नेताको उम्मेदवारीले केन्द्रीय नेतृत्वमा ओली पक्षको प्रभाव थप सुदृढ हुने संकेत गरेको छ। अब सबैको ध्यान महाधिवेशनको मतदान पछिको परिणामतर्फ केन्द्रित छ

Tags

छुटाउनु भयो कि ?