नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार सम्पन्न एलिमिनेटर भिडन्तमा लुम्बिनी लायन्ससँग हार भोग्दै काठमाडौं गोर्खाजले प्रतियोगिता टुंगाएको छ ।
एलिमिनटरमा पराजयसँगै काठमाडौं यस सिजनमा चौथो बनेको छ । एलिमिनेटर विजेता लुम्बिनीले भने फाइनलमा खेल्ने सम्भावनलाई कायमै राखेको छ ।
फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा लुम्निबीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सँग पराजित टोली विराटनगर किङ्ससँग समाना गर्नेछ ।
पहिलो क्वालिफायर जितेर सुदूरपश्चिमले फाइनल स्थान सुरक्षित गरेको छ । दोस्रो क्वालिफायरका प्रतिस्पर्धी विराटनगर र लुम्बिनीमध्ये विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।
दोस्रो क्वालिफायरमा हार्ने टोली प्रतियोगिताको तेस्रो बन्दै यो सिजनको यात्रा सक्न बाध्य हुनेछ ।

