बिबिध

निशेधाज्ञा खुकुलो गर्ने वा हटाउने बारे बुधबारमात्रै निर्णय हुने

Lumbinikhabar Online

काठमाडौँ उपत्यकाको जिल्ला प्रशासन कार्यालयले जारि रहेको निषेधाज्ञा हटाउने अथवा खुकुलो बनाउने भन्ने बारे बुधबार बैठक बसेर निर्णय गर्ने छन्। प्रमुख जिल्ला अधिकारीहरु बुधबार जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने जनाइएको छ।निषेधाज्ञाको कारण जनजीवन कष्टकर बन्दै गएकोले जनस्वास्थ्य मापदण्ड कडाई गर्दै निषेधाज्ञा बिस्तारै खुकुलो बनाउने छलफल भएको छ। राजधानी प्रवेश गर्ने नाकामा सेना परिचालन गर्नुपर्ने प्रस्ताव बारे जानकारी नभएको प्रजिअ भट्ट र नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए।

हालसम्म नेपाल भरिमा ३७ जिल्लामा निषेधाज्ञा जारि छ। कोरोन संक्रमण तिब्र गतिमा बढ्दै गएपछि ५२ जिल्लामा निषेधाज्ञा लगाइएको हो। त्यसमध्य १५ जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा आएपछि निषेधाज्ञा हताइएको छ।

Tags

छुटाउनु भयो कि ?