कोभिड-१९

कोरोना संक्रमणको कारण पत्रकारको मृत्यु

Lumbinikhabar Online

भाद्र – २३ सोमबारको दिन एक्कासी बिरामी भएका तौलिहवाका एक जना पत्रकारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उनको मृत्यु भएपछि ताकेता गरेर उनको रिपोर्ट मगाउँदा कोरोना संक्रमणको पुस्टि भएको हो। ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सबै जनाको स्वाब संकलन गरिएको थियो। उनी २ दशक बढीदेखि पत्रकारितामा क्रियाशील थिए । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?