हमासले सबै बन्धकहरूलाई रिहा गर्न सशर्त सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासका लागि आइतबारसम्मको अल्टिमेटम दिएपछि हमासले सर्तसहित बन्धक रिहा गर्ने बताएको छ । यद्यपि, हमासले गाजामा अमेरिकी शान्ति योजनाका धेरै प्रमुख बुँदाहरूमा छलफल गर्न चाहेको बताएको छ ।
हमासले बन्धक रिहा गर्ने घोषणा गरेपछि, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्- ‘हमासले जारी गरेको विज्ञप्तिको आधारमा, मलाई विश्वास छ कि तिनीहरू दिगो शान्तिको लागि तयार छन् । इजरायलले गाजामा तुरुन्तै बम विस्फोट बन्द गर्नुपर्छ ताकि हामी बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सकौँ ।’
हमाससँग अझै २० बन्धक जीवितै रहेको दाबी गरिएको छ । तर उनीहरूको विवरण अहिलेसम्म स्पष्ट छैन । हमासले नियन्त्रणमा लिएका विपिन जोशीको अवस्था पनि अहिलेसम्म अज्ञात रहेको छ ।हालै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकामा रहेकै समयमा ट्रम्प र नेतान्याहू अमेरिकी शान्ति योजनामा सहमत भएका थिए ।

