इजरायली सेनाले गाजा शहरमा आक्रमण लगातार आक्रमण गरेको छ गर्यो, जसले गर्दा ठुलो विनाश निम्त्याएको छ । यस अवधिमा १५० हवाई हमला र ट्याङ्क आक्रमण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पछिल्लो आक्रमणबाट १० लाख जनसंख्या भएको गाजा शहरबाट चार लाख प्यालेस्टिनीहरू भाग्न बाध्य भएको बताइएको छ । त्यस्तै गाजामा कुपोषणका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।
योसँगै गाजामा भोकमरीका कारण मृत्यु हुनेको संख्या अहिले ४३५ पुगेको छ, जसमा १४७ बालबालिका पनि छन् । हमास-इजरायल युद्ध सुरु भएदेखि, गाजामा ६५ हजर १४१ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । त्यस्तै इजरायली सेनाले बिहीबार दक्षिणी गाजा पट्टीमा आफ्ना चार सैनि

