News in Nepali

जेनजी पुस्ता देशलाई माया गर्छ, देशको कानुन बुझ्छ: प्रधानमन्त्री ओली

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी पुस्ता देशको स्वाभिमान, कानून र राष्ट्रियता बुझ्न सक्षम रहेको भन्दै दुरुपयोग हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार सम्बोधन गर्नेक्रममा ओलीले भने उनीहरूले देशको कानुन बुझ्ने बताए ।

सामाजिक सञ्जाल निष्क्रिय बनाउने सरकारको कदमविरुद्ध जेन जी पुस्ताले सडक आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्रीको अभिव्यक्ति आएको हो ।

ओलीले  जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी भएको बताए । ’कतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन्। तर जेनजी पुस्ता देशलाई माया गर्छ। देशको कानुन बुझ्छ। जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी हो’ ओलीले भने।

सामाजिक सञ्जाल बन्द हुनुलाई केही बुद्धिजीवी भनिनेहरूले वाकस्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम फैलाएको ओलीको आरोप छ।

’मुलुकको स्वाधिनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहको छ,’ ओलीले भने, ’कानुनको दायरामा आउन भन्दा नआएछि सञ्चालनमा रोक लगाइएको हो। तर विरोध गर्ने केही बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ बुझेका छैनन्।’

ओलीले आफूहरू वाक स्वतन्त्रताका लागि बलिदान दिएर आएको भन्दै एमाले सामाजिक सञ्जालमाथि असहिष्णु भयो भन्ने भ्रममा नपर्न भनेका छन्।

’हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं। त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ कि? भन्ने कसैमा भ्रम नपरोस्,’ उनले भने, ’सामाजिक सञ्जाललाई कानुन बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौँ। तर अटेरी गरिरहेका छन्।’

त्यस्तै ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेपेको सहन नसक्ने पनि बताए। ’मलाई जति सुकै हेपियोस म हेपिन तयार छु र सहन्छु। तर देशलाई हेपेको सहन्नँ,’ उनले भने, ’देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पु¥याउन पाइँदैन।’

Tags

छुटाउनु भयो कि ?