अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् ।
एनबीसी न्यूजले २५० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।न्यूयोर्क टाइम्सले सय भन्दा बढीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ ।
घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको अन्तरराष्टिय संचार माध्यमले जनाएका छन् ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।
पहिलो झट्कापछि लगातार परकम्पहरु आइरहेका थिए । ठूला परकम्पहरुमा ४.७, ४.३ र ५.० तीव्रता मापन भएको छ ।
यो भूकम्प नेपाली समय अनुसार राति १ बजेर दुई मिनेटमा जलालाबाद नजिक गएको हो ।

