बिबिध

आशिका तामाङलाई ५ दिन कैद सजाय

Lumbinikhabar Online

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद सजाय र पाँच सय रुपैयाँ जरिवाना गरेको छ ।

भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ लिने नियमको विरोधसम्बन्धी मुद्दामा जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरूवालाई पाँच–पाँच दिन कैद सजाय र पाँच–पाँच सय जरिवाना गर्ने फैसला गरेको हो ।

उनीहरूलाई ८ हजार ३०० रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश भएको छ ।

आशिकाले सूर्यविनायक नगरपालिकाले उक्त पुल तरेको २० रुपैयाँ शुल्क लिने गरेकोमा विरोध जनाउँदै कर्मचारीबाट खोसेर रसिदसमेत जलाएकी थिइन् । त्यसपछि उनीविरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा सजायको मागदाबी गर्दै अभियोगपत्र दर्ता भएको थियो ।

सूर्यविनायक नगरपालिकाले घटनाको अनुसन्धानका लागि प्रहरीमा पत्र पठाएपछि प्रहरी वृत्त जगातीले आशिकाविरुद्ध अनुसन्धान गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?