टप खबर

भ्रष्टाचार नियन्त्रणको पर्याय हो स​र​कार: प्रधानमन्त्री ओली

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय बनेकाे दाबी गरेका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनााए।

प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एकदुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन् । छ्यालब्याल रैछ भन्छन् । भ्रष्टाचार गर्नेलाई कारबाही ने नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्नँ । कसैले गर्यो भने कारबाही हुन्छ । त्यहि त गर्ने होला नि । सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ । कहाँको भ्रष्टाचारको पर्याय ? गम्भीर विषयमा छलफल हुँदा खेरी हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु ।’

Tags

छुटाउनु भयो कि ?