नेपाली गीत संगीतलाई माया गर्ने स्रष्टा बहुआयामिक गायक नारायण गजमेरले आफ्नो नयाँ गीत “चोर्यो मायाले” सार्वजनिक गर्दैछन्। दुर्गा खाती गज्मेरको प्रस्तुतिमा रहेको सोही गीतमा पछिल्लो समयमा निकै नै गीत संगीतमा ख्याति प्राप्त र दर्शक दीर्घाले मन पराएको गायिका शान्तिश्री परियारसँग उनले डुएट गीत गाएका छन्।
गायिका शान्ति श्री परियार भन्छिन् – ” मैले धेरै सङ्ख्यामा गीतहरू गायता पनि मैले आज फेरि एउटा उत्कृष्ट रचना र सङ्गीतमा गाउन मौका पाएकी छुl यस गीतका स्रष्टा आदरणीय दीपकराज विश्वकर्मा दाइप्रति निकै नै आभार व्यक्त गर्न चाहन्छु। साथै आदरणीय सर गायक नारायण गजमेरसँग मेरो यो पहिलो सहकार्य भएको हो। जसरी मेरा श्रोताले मेरा डुएट गीतहरु मन पराउनु भएको छ त्यसैगरी नारायण सर सँगको मेरो सहकार्यलाई पनि मन पराइदिनुहुनेछ भन्ने म पूर्ण विश्वस्त छुl “चोर्यो मायाले “भर्खर मात्र छायांकन सम्पन्न भएको छ। सोही गीतलाई दिपक राज विश्वकर्माको निर्देशन रहेको छ। जसमा पछिल्लो समयका निकै चर्चित मोडलहरू आश्मा विश्वकर्मा र बिजु पार्कले उत्कृष्ट अभिनय गरेका छन् ।
दिनसन शाह ले यस म्युजिक भिडियो सम्पादनमा गरेका हुन् । सम्पादन अन्तिम चरणमा पुगेको हुनाले चाँडै नै यसलाई सार्वजनिक गरिँदैछ। यसअघि गायक नारायण गजमेरले सान्नानी ,रातो रिबन जस्ता उत्कृष्ट सृजनाहरु बजारमा दर्शक सामु प्रस्तुत गरिसकेका छन्।
गायक गज्मेर भन्छन्- हिजो को दिनमा मलाई जसरी मेरा श्रोता दर्शकले माया गर्नुभएको छ , त्यही अनुरूप मैले यसपालि पनि गीतमा मेहनत गरेको छु। दीपकराज विश्वकर्माजको संगीत र रचनामा गाउन पाएको छु, मलाई विश्वास गरेर उहाँले गाउने अवसर दिनुभएकोमा हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। भगवान रूपी दर्शकलाई सुम्पेको छु। मैले साथ र मायाको अपेक्षा राखेको छु गायक नारायण गजमेर भन्छन्। भर्खर मात्रै नारायण गजमेरको अफिसियल युट्युब च्यानलमा” चोर्यो मायाले ” टिचर रिलिज भएको छ

