News in Nepali

आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेजस्तो आम्दानी हुन नसक्ने: प्रकाशशरण महत

Lumbinikhabar Online

पूर्वअर्थमन्त्री तथा कांग्रेस सांसद प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेजस्तो आम्दानी नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’ मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय अनुदान प्रस्ताव गरिएकोअनुसार प्राप्त नहुने अवस्था रहेको र वैदेशिक ऋणसमेत सोही अनुपातमा कार्यान्वयन हुने सम्भावना नरहेको उनले बताएका छन् । राजस्वको लक्ष्य हासिल गर्न कठिन रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले मिहिनेत गर्नुपर्नेमा उनले जोड दिएका छन् । कांग्रेसका प्रवक्ता समेत रहेका महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन कठिन हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।

‘बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन। विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार प्राप्त हुने अवस्था छैन । वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन । र राजस्वको जुन लक्ष्य राखिएको छ, पहिलेभन्दा घटाइएको छ । तैपनि, यो लक्ष्य प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ,’ उनले भने ।

Tags

छुटाउनु भयो कि ?