टप खबर

अर्थमन्त्री युवराज खतिवडाले आजै राजीनामा दिने

Lumbinikhabar Online

भाद्र १९ – बिहिबार बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री युवराज खतिवडाले राजीनामा बुझाउने तयारी रहेको जनाइएको छ। बहीबार भएको नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता नपाउने सम्भावना रहेको हो ।यससंगै नेकपाभित्र भावी अर्थमन्त्रीको चर्चा सुरु भएको छ । अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे रहेका छन् । अर्थमन्त्रीले आजै राजीनामा दिएपििन नव अर्थमन्त्री भने नेकपाको स्थायी कमिटी बैठकपछि मात्रै पाउने नेकपाका एक नेताले बताए ।

खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेका थिए तर उनलाई प्रधानमन्त्री ओलीले रोकेका हुन् । बुधबार भएको भेटमा खतिओडालाइ प्रधानमन्त्रि ओली ले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए । राजीनामा दिएपछि अर्थमन्त्री खतिवडालाइ सर्वप्रथम अर्थमन्त्रालयबाट बिदाइ गर्नेछन । अनि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका अनुभबको बारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन्। आजैको मनन्त्रपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्टपतिलाई सिफारिस गरिने छ ।

Tags

छुटाउनु भयो कि ?