टप खबर

ललितपुरमा कर्फ्यु जारी , बाहिरा निस्किए गोली सम्म हान्ने आदेश

Lumbinikhabar Online

स्थानीय प्रशासनले ललितपुरमा कफ्र्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । कोरोना महामारीका कारण यसपटक मच्छिन्द्रनाथको रथ यात्रामा रोक लगाइएको भए पनि स्थानीयले बिहीबार जबर्जस्ती सामाजिक दूरी भंग गर्दै ललितपुरको पुलचोकमा रथ तान्ने प्रयास गरेका थिए ।

रोक्न गएका प्रहरीमाथि उल्टै स्थानीयले कुटपिट र आक्रमण गरेपछि जवाफमा प्रहरीेले बल प्रयोग गरेको थियो । प्रशासनले ललितपुर महानगरपालिकाको सबै भू–भागमा कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

। यस्तै बल्खुदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रमा समेत कफ्र्यु लगाइएको उनले बताए । उक्त क्षेत्रमा सामूहिक रुपमा भेला हुन र जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ । प्रजिअ भट्टले कफ्र्यु आदेश उल्लंघन गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले गोली हान्न सक्ने चेतावनी दिए ।

Tags

छुटाउनु भयो कि ?