• २०८१ चैत २५, मंगलबार ( )
टप खबर

पूर्वराजालाई दिएको सेवासुविधा राज्यले खोस्नुप​र्छ : योगेश भट्टराई

Lumbinikhabar Online

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले सम्झौता भंग गरिसकेकाले उनलाई दिएको सेवासुविधा राज्यले खोस्नुपर्ने बताएका छन्।

चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनमार्फत शाहले सम्झौता भंग गरेको दाबी गर्दै उनले राज्यले उनलाई पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन नहुने बताएका हुन्।

उनले दुर्गा प्रसाईंसहितलाई ‘लफंगा’भन्दै भने, ‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो। उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो। त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो। अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन। सोच्नुपर्छ।’

Tags

छुटाउनु भयो कि ?