टप खबर

ललितपुरमा भाद्र १९ बिहान ४ बजेबाट कर्फ्यु

Lumbinikhabar Online

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेबाट कर्फ्यु लगाउने निर्णय गरेको छ।जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको छ।

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।बिहिबार ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तान्दा स्थानीयवासी र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णय आएको हो।सो स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ

Tags

छुटाउनु भयो कि ?