अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका छन्।
किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ ।
ट्रम्प प्रशासनलाई उद्धृत गर्दै फक्स न्युजले लेखेको छ, ‘यो अस्थायी निर्णय हो । वार्ताको वातावरण बनेमा सहयोग जारी रहन सक्छ ।’