बिजनेस

तोलामा २२ सय रुपैयाँले घ​ट्यो सुन​को मुल्य​, कति छ​ आज तोलाको?

Lumbinikhabar Online

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन प्रतितोला १ हजार ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?