News in Nepali

बन्दी रिहाइको ग्यारेन्टी नगरेसम्म कसैलाई छोड्दैनौ: इजरायली प्रधानमन्त्री बेन्जामिन

Lumbinikhabar Online

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी जेलबाट थप बन्दी छाड्न आनाकानी गरेका छन्।

हमासले शनिबार ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका चार तथा त्यसअघि बन्दी बनाएका दुई जनालाई छाडेको हो।

आफ्ना बन्दी छुटेपछि नेतान्याहुले अन्य बन्दीको रिहाइ ग्यारेन्टी नभएसम्म कसैलाई पनि नछाड्ने बताएका हुन्। उनले हमासले बारम्बार युद्ध विराम उल्लङ्घन गरेको आरोप समेत लगाए।

अर्को शनिबार हमास र इजरायलको पहिलो चरणको युद्ध विरामको समय सकिने छ। यस बिचमा शनिबार हमासले पहिलो चरण अन्तरगतको अन्तिम पटक जीवित बन्दी हस्तान्तरण गरेको हो।

Tags

छुटाउनु भयो कि ?