अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका छन् ।
हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका हुन् ।
यो निर्णय अर्बपति एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी कार्यक्षमता विभाग (डिओजीइ) को सिफारिसमा आधारित छ, जसले विश्वभरि अमेरिकी सहायता पुनरावलोकन गरिरहेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो भाषणमा भने, ‘यी तथ्याङ्कहरू सुन्नुहोस् । यो सबै ठगी हो । नेपालमा जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर ।’
ट्रम्पले नेपालजस्तै भारत, मालदिभ्स, लाइबेरिया, माली, साउथ अफ्रिका लगायत देशलाई दिंदै आएको सहयोग पनि रोकेको जानकारी दिएका छन् ।
उनले भारतलाई निर्वाचन साक्षरताका लागि २१ मिलियन डलर दिँदै आएकोमा अब किन दिने रु भनेर प्रश्न गरेका छन् । ‘भारतसँग राम्रो सम्बन्ध छ । हालै प्रधानमन्त्री मोदीले भ्रमण गरेर फर्किनुभयो । तर हामीले भारतलाई किन पैसा दिने रु’ ट्रम्पले भनेका छन्, ‘ऊसँग धेरै पैसा छ ।’