अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्मनीको म्युनिखमा भएको सुरक्षा सम्मेलनमा युरोपेली देशप्रति आक्रामक अभिव्यक्ति दिएका छन्।
उनले अहिले रुस र चीन भन्दा बढी अमेरिकालाई युरोपेली देशबाट चुनौती भएको बताए।
उनले आप्रवासी नीति र प्रजातान्त्रिक मूल्यमा युरोपेली कमजोर भएको आरोप लगाएका हुन्।
धेरै देशमा वाक स्वतन्त्रतामामाथि बन्देज लगाएर प्रजातान्त्रिक मूल्य र मान्यताको विरुद्धमा अङ्कुश लगाइएको उनको आरोप छ।