अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग तत्काल भेट हुन आशा राखेको बताएका छन्। दुई देशका नेताबीच भएको फोन वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने सवालमा छलफल भएपछि साउदी अरेबियामा पुटिनसँग भेट हुन सक्ने ट्रम्पले बताएका हुन्।
साथै ट्रम्प र क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले फोन वार्तामा दुवै देशका नेता एक आपसको देश भ्रमण गर्न चाहेको समेत बताएका छन्। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्स्कीले पनि समकक्षी अमेरिकीसँग एक घण्टा लामो फोन वार्ता भएको बताएका छन्।
तीन वर्ष अघि युक्रेन कब्जा गर्ने उद्देश्यमा साथ रुसले पूर्ण शक्ति लगाएर आक्रमण गरेको थियो। सो आक्रमणपछि रुसले युक्रेनको चार हजार वर्ग किलोमिटर भन्दा बढी भूमि कब्जामा लिइसकेको छ।