टप खबर

उपत्यकामा निषेधाज्ञा लम्ब्याइए संगै केहि क्षेत्र खुकुलो गरिएको छ

Lumbinikhabar Online

भाद्र १७  –  काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक सात निषेधाज्ञा लम्ब्यैएको छ। तर यसपटक भने निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णय गरिएको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भाद्र २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेको हो।निषेधाज्ञा खुकुलो बनाइएको कारण विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ भने औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

कोरोना संक्रमण तिब्र गतिमा निरन्तर बढ्दै गएपछि जिल्ला प्रमुख अधिकरिहरुले तेस्रो पटक निषेधाज्ञा भढाएका हुन्। भाद्र १७ देखी भाद्र २४ गते राति १२ बजेसम्म तेस्रो पटक निषेधाज्ञा लम्बाइएको ।

 

 

 

Tags

छुटाउनु भयो कि ?