खेलकुद

स्पेनिस ला लिग: बार्सिलोनाको रियल म्याड्रिडमाथि ४-० को शानदार जित

Lumbinikhabar Online

स्पेनिस ला लागिको शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ४-० को शानदार जित हात पारेको छ। यो जितसँगै बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी रियलमाथि ६ अङ्कको अग्रता कायम गरेको छ।

शीर्ष स्थानको बार्सिलोनाको ११ खेलमा ३१ तथा समान खेल खेलेको रियलको २४ अङ्क छ। भिल्लारियलको २१ अङ्क छ।

बार्सिलोनाको जितमा रोबर्ट लेडवास्कीले दुई गोल गरे। रियल आफ्नो अपराजित लिग खेलको यात्रा ४३ औँ खेलसम्म लम्ब्याउने प्रयासमा थियो। यस खेलमा नहारेको भए बार्सिलोनाले सन् २०१७ को अप्रिलदेखि सन् २०१८ को मेसम्म कायम गरेको कीर्तिमानसँग बराबरी गर्ने थियो।

पहिलो हाफ बराबरीमा सकिएको सो खेलमा दोस्रो हाफमा भने बार्सिलोनाले रियललाई तहसनहस पारेको थियो। ५४ औँ मिनेटमा मार्क कासाडोको थ्रो पासमा लेडवास्कीले पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अलेजान्द्रो बाल्डेको क्रसमा हेड मार्फत गोल गरे।

Tags

छुटाउनु भयो कि ?