खेलकुद

माल्दिभ्स विरुद्ध नेपालको शान​दार जित, रेखा पौडेलको मात्र​ ११ गोल

Lumbinikhabar Online

फरवार्ड रेखा पौडेल चम्किएपछि घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० को फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालका लागि रेखा पौडेलले ह्याट्रिकसहित पाँच गोल गरिन्। राष्ट्रिय टोलीका लागि रेखाले आफ्नो गोल संख्या नौँ पुर्याएकी छिन्। प्रीति राईले ह्याट्रिक पूरा गरिन्। सविता रानामगर, अनिता केसी र अमिसा कार्कीको नाममा समान एक गोल रह्यो।

Tags

छुटाउनु भयो कि ?