बिबिध

वीर अस्पताल दुई दिनका लागि बन्द

Lumbinikhabar Online

काठमाडौंको वीर अस्पतालका चिकित्सकका साथै कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

अस्पताल स्रोतका अनुसार अधिकांश कर्मचारी र चिकित्सकमा कोरोना देखिएपछि तत्काल सेवा प्रवाह गर्न असहज भएकाले दुई दिन सेवा बन्द गर्ने निर्णय भएको हो ।
संक्रमित कर्मचारीलाई आइसोलेसनमा राख्ने, थप कर्मचारीको व्यवस्थापन गर्ने र अस्पताललाई सफा गरेपछि शुक्रबारदेखि फेरि सेवा सुरु हुने बताइएको छ ।

अस्पतालको इर्मजेन्सी, फिभर क्लिनिक, केही प्रयोगशाला र शल्यक्रिया कक्ष भने बन्द हुनेछैन ।

 

 

Tags

छुटाउनु भयो कि ?