बिबिध

महावीर हेल्थ फाउण्डेशनको आयोजनामा सेप्सिस सप्ताह मनाइयो

Lumbinikhabar Online

काठमाडौं, विश्व सेप्सिस डे को अवसरमा सेप्सिसका विषयमा जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
महावीर हेल्थ फाउण्डेशनले अपडेट अन सेप्सिस विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौंको सिनामंगलमा रहेको एभरेष्ट नर्सिङ्ग कलेजमा मंगलबार उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
हरेक वर्ष सेप्टेम्बर १३ लाई विश्व सेप्सिस डे को अवसरमा रुपमा मनाइने गरिन्छ । अन्तरक्रिया कार्यक्रम गुफिक बायोसाइन्सेसको सहयोगमा आयोजना गरिएको फाउण्डेशनले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै महावीर हेल्थ फाउण्डेशनका अध्यक्ष दिपक भट्टाचार्यले सेप्सिस र यसको असरका बारेमा कार्यपत्र प्रस्तुत गरे । विश्वमा सेप्सिसको हालको अवस्थाको बारेमा तथ्यांक प्रस्तुत गर्दे भट्टाचार्यले सेप्सिसको रोकथामका लागि उपयोगी हुने थेरापीका बारेमा समेत विस्तृत रुपमा जानकारी गराए । उनले सेप्सिसको रोकथामका लागि नर्सको महत्वपूर्ण भूमिका हुने दाबी गरे ।

कार्यक्रममा बोल्दै एभरेष्ट नर्सिङ्ग कलेजकी प्रिन्सिपल सीमा थापाले यस कार्यक्रमले नर्सिङ्ग अध्ययन गर्दे आएका विद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने बताइन् ।

स्वास्थ्य शिक्षा तथा जनचेतनाका क्षेत्रमा विभिन्न छलफल, अन्तरक्रिया, वर्कशप जस्ता विभिन्न कार्यक्रम आयोजना गर्दे आएको महावीर हेल्थ फाउण्डेशनले नर्सिङ्ग अध्ययन अध्यापन गर्दे आएका व्यक्तित्वहरुको सहभागितामा सेप्सिसका बारेमा छलफल गरेको हो ।

Tags

छुटाउनु भयो कि ?