संघीय सांसदहरुले बारुदी सुरुङ तथा विस्फोटक पदार्र्थका खतराबारे छलफल गरेका छन् ।
बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले शुक्रबार राजधानी काठमाडौंमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुलाई आमन्त्रण गरेर बारुदी सुरुङ तथा विस्फोटक पदार्र्थका खतराहरु अन्त्य गर्नका बहस आयोजना गरेको हो ।
शुक्रबार बारुदी सुरुङ तथा विस्फोटक पदार्र्थका खतराहरु अन्त्य गर्नका लागि संसदीय अडान र नीतिगत ढाँचाहरु विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
अन्र्तक्रिया कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समावजादी पार्टीका झन्डै डेढ दर्जन सांसदहरु सहभागी भए । संघीय सांसदहरु मेटमणि चौधरी, नारायणी शर्मा, अमृतलाल राजवंशी, तुलसा दाहाल, रण कुमारी मगर, शान्ति चौधरी, छिरिङ दोर्जे लामा, आश्मा चौधरी, शोभा ज्ञवाली, मेनका पोखरेल, सूर्य कुमारी श्रेष्ठ, सुमित्रा विसी, शान्ति श्रेष्ठ लगाायतका सांसदहरु उपस्थित भए ।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरुको उपस्थिति थियो । नेपाल सेनाका तर्फबाट अधिकृतले बारुदी सुरुङ तथा विस्फोटक पदार्र्थ र यसका खतराहरुका बारेमा जानकारी दिएका थिए । सो अवसरमा तीनवटै सुरक्षा अंगका अधिकारीहरुले सर्वसाधारण जनतामा विस्फोटक पदार्थ, माइन जोखिमका बारेमा सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुले समय समयमा बारुदी सुरुङ तथा विस्फोटक पदार्र्थ विस्फोट भइरहेको भन्दै यसबारेमा राज्य, सुरक्षा निकाय अझ बढी सचेत र जानकार हुनुपर्ने बताए । यस्ता घटनाहरुबाट निहत्था सर्वसाधारणको जनधनको क्षति हुने भएकाले यसको दीर्घकालिन समाधानमा राज्य लाग्नुपर्नेमा जोड दिइयो ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक समेत रहेका दाङ १ का प्रतिनिधिसभा सांसद मेटमणि चाौधरीले देश बारुदी सुरुङ मुक्त राष्ट्र घोषणा भइसेकता पनि देश पूर्ण रुपमा विस्फोटक पदार्र्थका खतरामुक्त नभएकाले यसतर्फ नीति बनाउन आवश्यक पहलकदमी अगाडी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा २०८१ साल लागेपछि मात्रै देशभर १२ स्थानमा द्धन्द्धको अवशेषका रुपमा विस्फोटक पदार्थ फेला परेको जानकारी दिदैं यसतर्फ सम्पूर्ण राज्य संयन्त्रले विशेष ध्यान दिनुपर्ने बताइयो ।
आयोजक संस्था बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालकी संस्थापक पूर्णशोभा चित्रकारले बारुदी सुरुङ तथा तथा विस्फोटक पदार्र्थका खतराहरु अन्त्य गर्नका लागि संसदीइ अडान र नीतिगत ढाँचाहरु तय गर्नका लागि कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पनि यस किसिमका बहस तथा छलफल कार्यक्रमहरुलाई निरन्तरता दिइने बताइन् ।